म्याराथनमा किरणसिंह बोगटीलाई स्वर्ण

काठमाडौं, २१ मंसिर । तेह्रौं दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पुरा गर्दै नेपाललाई स्वर्ण पदक जिताएका हुन् ।

सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक जिते उनले २ घण्टा २१ मिनेट ५७ सेकेन्ड समय दुरी पार गरेका थिए ।

सोही स्पर्धाको म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । तेस्रो सागमा उनले २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान बनाएका छन् । अहिलेसम्म त्यो कीर्तिमान भङ्ग हुन सकेको छैन ।

सोही स्पर्धाको महिलातर्फको श्रीलङ्काकी हिरुनी केसराले स्वर्ण पदक जितेकी छन् । उनले २ घण्टा ४१ मिनेट २४ सेकेन्ड समय खर्चंदै स्वर्ण जितेकी हुन् । नेपालकी पुष्पा भण्डारीले रजतपदक हात पारे । उनले २ घण्टा ५० मिनेट ११ सेकेन्ड समयमा पूरा गरिन । भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेन्डमा पुरा गर्दै कास्य पदक हात पारिन् ।

एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पारे । उनले १ मिनेट ५१।४४ सेकेन्डको समय खर्चिए । १ मिनेट ५०।५२ सेकेन्डको समयसहित श्रीलङ्काका इन्दुनिलले स्वर्ण जिते । जारी सागमा नेपालले ४२औँ स्वर्ण पदक जितेको छ । रासस

Loading...