बंगलादेशसँग नेपाल ४४ रनले पराजित

काठमाडौं,२१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । काठमाडौंमा जारी प्रतियोगितामा नेपाल ४४ रनले पराजित भएको हो ।

बंगलादेशकाे यु २३ टिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपाल १११ रनमा समेटिएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल ४३ रनमा आउट भए । नेपालका भरपर्दा खेलाडी पारस खडका ९ रन जोड्दा आउट भए । पवन सराफ र आरिफ शेख शून्य रनमा आउट भए । दिपेन्द्रसिंह ऐरीले १६ रन जोडेको छ । रोहितकुमार पौडेल ८ बलमा आउट भए । विनोद भण्डारी ३ रनमा आउट हुँदा करण केसी १ रनमा पबिलियन फर्किए । सुसन भारी २ रन जोडे । बंगलादेशका लागि महेदी हसन, सयुम सरकार, तनबिर स्लाम, र सुमोन खानले २–२ विकेट लिए ।

बंगलादेशका लागि कप्तान होसिन सान्तोलले ७५ रन बनाए । अफिफ हुसेनले ५२ रन जोडे । नेपालका लागि पारस खड्काले ३ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए । अभिनास बोहोराले पनि एक विकेट लिए ।

Loading...