visit-nepal

खेतवारीमा पुगौ

कृषी बिज्ञ डा राजेन्द्र उप्रेती एक नम्बर प्रदेशमा फैलिरहेको फौजी किराको प्रकोप नियन्त्रण गर्न सबै जिम्मेवार बन्न आग्रह गर्छन । खासगरि कृषी सेवामा रहेका जानकारहरुलाई उनि फौजी किराको प्रकोप नियन्त्रणकालागि किसानको खेतवारीमा पुगेर सचेतना जगाउनुपर्छ भन्दै समाजिक सञ्जालमा यसरी लेख्छन ,
Fall Armyworm monitoring in Budhanagar, Morang. तराईमा हिउदे मकैको खेती सुरुवती अवस्थामा रहेकोछ । मकै छर्ने कार्य पनि धमाधम भैरहेकोछ । हामिले आज अनुगमन गरेको सबैजसो फिल्डहरुमा यो फौजी किराको लार्भा भेटिएकोछ । प्रदेश भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अगुवाई तथा कृषि बिकास निर्देशनालय, बालिसमरक्षण प्रयोगशाला र कृषि ज्ञान केन्द्रको सहभागितामा जनचेतना र किरा ब्यवस्थापन सङसङै लैजान प्रयास गरिदैछ । तर यस्तो कुरा अभियानको रुपमा लैजान जरुरि छ । आआफ्नो ठाउबाट यो अभियानमा सक्रियता जगाउ ।। अरु तिर ब्यवस्थापन भैरहेको यो समस्यालाई हामिले पनि ब्यवस्थापनको लागि अधिकतम प्रयास गरौ । किसानहरुको खेतबारिमा अधिकतम पुगौ र आफुले जानेको कुरा किसानहरु सम्म पुर्याउ ।

Loading...