Rumpum

Rumpum Advertisement

आठ प्रहरी उपरीक्षक र २१ प्रहरी नायव उपरीक्षकको काज सरुवा(सरुवा सूचीसहित)

आठ प्रहरी उपरीक्षक र २१ प्रहरी नायव उपरीक्षकको काज सरुवा(सरुवा सूचीसहित)

काठमाडौं, २१ मंसिर । नेपाल प्रहरीले ८ प्रहरी उपरीक्षक र २१ प्रहरी नायव उपरीक्षकको काज सुरुवा गष्रेको छ । प्रहरी प्रधान कार्यालयलले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय कानुन शाखाका प्रहरी उपरीक्षक जनार्दन बीसी जिल्ला प्रहरी कार्यालय स्याङ्जा सरूवा भएका छन् । सर्लाहीका गोपालचन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखा, सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका एसपी विश्वमणि पोखरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाही, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका रविकुमार पौडेल काभ्रेमा सरुवा भएका छन् । स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा सरुवा भएका छन् ।

२१ जना डिएसपीको सरुवा हुँदा मोरङका दुई जना परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यक्रम डिएसपी घनश्याम श्रेष्ठ महानगरीय प्रहरीवृत थानकोट सरुवा भएका छन् । उनको स्थानमा दोलखाका डिएसपी मानबहादुर राई आउने भएका छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय पथरीमा कार्यरत डिएसपी लक्ष्मीराज अधिकारीको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सरुवा भएको छ । उनको स्थानमा तीन नम्बर प्रदेश तालिम केन्द्र सिन्धुलीका दिलिपकुमार गिरी आउने भएका छन् ।