विराटनगरदेखी सुरु भयो एक नम्बर प्रदेशमा नदी सरसफाई अभियान (फोटो फिचर)

विराटनगर ,२१ मंसिर । एक नम्बर प्रदेशमा नदी सरसफाई अभियान सुरु भएको छ । एक नम्बर प्रदेश सरकारको समाजिक बिकास मन्त्रालय र विराटनगर महानगरपालिका सहकार्यमा प्रदेशको राजधानी विराटनगर स्थित सिंघिया नदीबाट आजदेखी सरसफाई अभियान सुरु भएको हो ।
विराटनगर महानगरपालिका १ पुष्पलालचौक स्थित घिनाघाटबाट पञ्चेबाजा सहित सिंघिया नदी सरसफाई अभियानको आज शनिवार एक नम्बर प्रदेशका समाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले खोलामा फेहोर उठाएर गरे । फहोर उठाउनु अघि उनीहरुले नदी किनारमा पुजा पनि गरेका थिए ।
सरसफाई अभियानमा महानगरपालिका प्रमुख भीम पराजली , उपप्रमुख ईन्दिरा कार्की , मन्त्रालयका सचिव , प्रहरी, शसस्त्र प्रहरी नेपाली सेना , राजनैतिक दल , पत्रकार , समाजिक संघसँस्था र स्थानियबासी सहित प्रतिनिधिहरु सयौले सहभागीता जनाए । सिंघिया नदी सरसफाई अभियान हरेक महिनाको १५ दिनमा पर्ने शनिवार संचालन हुनेछ ।
एक नम्बर प्रदेशको राजधानी विराटनगर र अन्य मुख्य शहरबजारमा बग्दै आएका नदीहरुको सरसफाई गर्न समाजिक बिकास मन्त्रालयले ‘नदी वचाऔ’ संयुक्त्त अभियान संचालन गर्न थालेको हो । पहिलो अभियानलाई नमुनाका रुपमा संचालन गरेको र सफल भएमा प्रदेश भरि अभियान सञ्चालन गर्ने मन्त्री घिमिरेले जानकारी दिए ।

फोटो ,– सुरेन्द्र मल्ल । कोशी अनलाइन

Loading...