visit-nepal

छिमेक कस्तो ? : गजल

afs
किरण रिजाल, विराटनगर-१

बिखालु काडाँ बनेर डस्ने छिमेक कस्तो
मिलेर बस्दा जलेर मर्ने छिमेक कस्तो ।

पहाड पाखा तराई हाम्रो सुगन्ध माटो
सुँघेर घाँटी घटुक्क निल्ने छिमेक कस्तो ।

तरेर आँखा सदैव हाम्रो विकास काममा
अनेक बाधक बनेर बस्ने छिमेक कस्तो ।

सीमाहरूमा किचोल गर्दै सदैव उग्र
बनेर साँढे अधम छ हान्ने छिमेक कस्तो ।

विस्तारवादी घमण्ड त्यस्को बढेर साथी
लुटेर हाम्रो अस्मिता खेल्ने छिमेक कस्तो ।।

Loading...