visit-nepal

अटो दुर्घटना हुँदा चालकको मृत्यु

खोटाङ २० मंसिर । खोटाङमा अटो दुर्घटना हुँदा एक चालकको मृत्यु भएको छ ।

दिक्तेलबाट हलेसी जाँदै गरेको को २ ह ८३४६ नम्बरको अटो हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा दुर्घटना हुँदा चालक टंक क्षेत्रीको मृत्यु भएको हो । शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिक्तेलबाट उनले अटो मर्मत गरी फर्कदै गर्दा अटो दुर्घटनामा परेको हो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

Loading...