visit-nepal

रूसका विदेशमन्त्री लाभरोभ अमेरिका जाने

मस्को २० मङ्सिर । रूसका विदेश मन्त्री सेर्गेइ लाभरोभले अर्को हप्ता अमेरिकाको भ्रमण गर्ने भएका छन् । उनको भ्रमणको तयारी भइरहेको उनका प्रवक्ताले जानकारी दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सन् २०१७ मा भएको विवादास्पद भेटवार्तापछि अहिले पहिलो पटक विदेशमन्त्री लाभरोभ अमेरिका जान लागेका हुन् ।

यही डिसेम्बर १० तारिखमा उनको भ्रमण हुने रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले बताए । भ्रमणका बारेमा थप विवरण दिन चाहेनन् ।

सन् २०१७ को मे पछि ट्रम्पको कार्यकालका आफ्ना समकक्षी आएदेखि नै लाभरोेभले अमेरिकी राजधानीको औपचारिक भ्रमण गरेका छैनन् ।

Loading...