visit-nepal

भोजपुर–काठमाडौँ सीधा यातायात जोडियो

भोजपुर २० मंसिर । भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौँ सीधा यातायात सुरु भएको छ । सुपर खोटाङ भोजपुर यातायात प्रालिले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि भाडासमेत निर्धारण गरि यातायात सेवा सुरु गरेको हो । भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँमा सुमोको २ हजार र बसको १हजार ७ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
सुमो प्रत्येक दिन बिहान साढे ४ बजे भोजपुर डाँडागाउँ र पौने ६ बजे देउरालीबाट छुट्ने प्रालिका अध्यक्ष दिवाशन राईले बताए । अहिले सुमोबाट सेवा दिइने र यात्रुको चाप बढेमा आवश्यकतानुसार अरू यातायातका साधन सञ्चालन गरिने व्यवसायीले बताए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले व्यवसायीलाई यात्राका क्रममा यात्रुसँग व्यवहार राम्रो गर्न, तोकिएभन्दा बढी भाडा नलिन तथा सुरक्षित तवरले गन्तव्यसम्म पु¥याउन आग्रह गरे । सो मार्गबाट काठमाडौँ– भोजपुरको दूरी ३ सय ६६ किलोमिटर छ । यो भोजपुर– काठमाडौँको सबैभन्दा छोटो मार्ग हो ।

Loading...