Rumpum

Rumpum Advertisement

महेन्द्र चोक र रोडशेष चोकको पार्क भत्काइयो

महेन्द्र चोक र रोडशेष चोकको पार्क भत्काइयो

विराटनगर,२० मंसिर । विराटनगरको महेन्द्र चोक र रोडशेष चोकको पार्क भत्काइएको छ । कोशी राजमार्ग विस्तारका क्रममा बीच सडकमा रहेका महेन्द्र शालिक र पञ्चायत स्तम्भ आसपासको पार्क भत्काइएको हो ।

पार्कबीचमा रहेको स्तम्भ भने नभत्काइने भएको छ । विराटनगर इटहरी तरहरा ६ लेन परियोजनाले सडक बिस्तारका क्रममा पार्कका कारण काम रोकिएपछि भत्काइएको हो ।

परियोजनाले पटक पटक पार्क भत्काउन आग्रह गरेपनि विराटनगर महानगरपालिकाले विराटनगरको पहिचानसँग जोडिएको बताउदै पार्क भत्काउन मानेको थिएन् । तर सडक साघुरो हुने भएपछि स्तम्भलाई यथा स्थानमा छाडेर पार्क भत्काइएको हो ।