खुर्पाप्रहार गरी बुबा–आमाको हत्या

रुपन्देही,२० मंसिर । रुपन्देहीमा एक युवकले आफ्नै आमा बुबाको हत्या गरेका छन् । ओमसतिया गाउँपालिका– ४ का गोरखअहिर यादवले घरेलु हतियार प्रयोगगरी बुवा आमाको हत्या गरेका हुन् ।

शुक्रबार ३० वर्षीय यादवले ७५ वर्षीय बाबु रामनारायण र ७२ वर्षीय आमा ठगनाको हत्या गरेको प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।

यादवले घरमै बसिरहेका बेला बुवालाई घर भित्र लगेर धारिलो हतियार खुर्पाले घाँटीमा प्रहार गरेका थिए । यस्तै आमालाई लखेटेर खुर्पा प्रहार गरेका थिए । घाइते अवस्थाकी आमाको भैरहवास्थित अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
बुबालाई बचाउन खोज्दा अभियुक्तका दाजु जोगिन्दर पनि घाइते भएका छन् । जोगिन्दर भैरहवास्थित मेडिकल कलेजमा उपचार भैरहेको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले गोरखलाई पक्राउ गरेको छ ।

Loading...