अरुण तेश्रोमा आयोजनाको सुरुङमा ढुंगा लागेर तीन कामदार घाइते

संखुवासभा २० मंसिर । संखुवासभाको मकालु गाउँपालिका ५ आम्राङमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङमा भित्र खसेको ढुंगा लागेर तीन जना कामदार घाइते भएका छन् ।

भित्र काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना कामदार घाइते भएका हुन् । शुक्रबार बिहानको राती साढे २ बजे भारत आसाम नलबारीका २३ वर्षीय भाजिदिन अली, बरपेटाका २६ वर्षीय हस्तम अली र पश्चिम बंगालको आलिपुरद्वारका २८ वर्षीय अबुद कर माथिबाट झरेको ढुङ्गाले लागेर गम्भिर घाइते भएका छन् ।

घाईते तिनैजनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Loading...