निःशस्त्रीकरण वार्तामा अमेरिका र उत्तर कोरियाबीच अझै असहमति

 

सोल, २० मङ्सिर । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा ठोस प्रगति हुन सकेको छैन् ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका उपप्रवक्ता किम इयोन हानले शुक्रबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलनमा वार्तामा प्रगति नभएको बताए ।
आणविक कार्यक्रम र निःशस्त्रीकरणका विषयमा अमेरिका र उत्तर कोरियाबीच सहमति कायम नभएको भन्दै उनले दुई देश अझै पनि यस विषयमा वार्तामा नै रहेको बताए ।

उत्तर कोरियाले आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकासँग सहमति हुन नसकेको आशय व्यक्त गरेको थियो । तर दक्षिण कोरियाले भने अमेरिका र उत्तर कोरियाबीच यस विषयमा वार्ता होस् भन्ने चाहेको उनको भनाई छ ।

उत्तर कोरिया र अमेरिकाबीच शान्तिवार्ता होस् र दिगो शान्तिका लागि पहल होस् भन्ने पक्षमा दक्षिण कोरिया रहेको उपप्रवक्ता किम इयोन हानले बताए ।
उत्तर कोरियाले पनि यस्तै आशय व्यक्त गरेको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका विरुद्धमा सैन्य शक्ति पनि प्रयोग हुन सक्ने चेतावनी दिएपछि उत्तर कोरियाले यसको विरोध गरेको छ ।
ट्रम्पले गत मङ्गलबार नेटोको बैठकका सकेसम्म यस्तो सैन्य शक्तिको प्रयोग उत्तर कोरियाको विरुद्धमा गर्नु नपरोस् यदि गर्नुपर्यो भने पनि अमेरिकाले गर्नेछ भन्ने टिप्पणी गरेका थिए ।

अमेरिका र उत्तर कोरियाको यो भनाई पछि शुक्रबार यता दक्षिण कोरियाको तर्फबाट पनि यस्तो भनाई सार्वजनिक भएको छ । यसैका आधारमा दक्षिण कोरियाले उत्तर कोरिया र अमेरिकाका बीचमा निःशस्त्रीकरणका बारेमा कुरा नमिलेको अनुमानसहितको यो धारणा राखेको हो ।

अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निःशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो ।

तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोईमा दोस्रो चरणको वार्ता भएको थियो ।

सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभए पनि वार्ता भने सौहार्दपूर्ण भएको बताइएको थियो । हनोई वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया दिएका थिए ।

पहिलो चरणको वार्तामा निःशस्त्रीकरणको प्रतिबद्धता अघि सारेको उत्तर कोरियाले भने काम गरिरहेको बताइरहेको भएपनि त्यसमा कुनै प्रगति हुन नसकेको अमेरिकी भनाई छ ।

Loading...