visit-nepal

सौगात र सृष्टिको जोडी रहने फिल्म ‘सँगसँगै’ निर्माण हुने

विराटनगर, २० मंसिर । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सँगसँगै’ निर्माण हुने भएको छ । शुक्रबार काठमाण्डौको भद्रकाली मन्दिरमा उक्त फिल्मको शुभसाइत गरिएको छ ।

फिल्मको छायांकन भने माघबाट सुरु हुने भएको छ । फिल्मको शुभसाइतमा शुभकामना दिनका लागि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई तथा निर्माता संघका अध्यक्ष आकाश अधिकारी भद्रकाली मन्दिर पुगेका थिए ।

फिल्ममा सौगात र श्रृष्टीका साथै आश्मा गिरी, मुकुन भुषाल लगायतका कलाकारको मुख्य भूमिका रहने भएको छ । मधुसुदन भट्टराइको निर्देशनमा तयार हुने फिल्मलाई संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेका हुन् ।

दुई साथीको मित्रता र वैदेशिक रोजगारीको कथालाई उठान गरि सानैबाट हरेक काम एकसाथ गर्ने बाचा गरेका २ साथीको मित्रतामा आउने दरार र प्रेमको कथामा आधारित रहेर फिल्मको निर्माण गर्ने फिल्मका लेखक सुबेदीले बताए ।

फिल्मको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ । फिल्मलाई शिव ढकालको छायांकन गर्ने छन् । फिल्ममा तोरण क्षेत्री, विष्णुवहादुर क्षेत्री, रोशन केसी, विष्णु लामिछानेको संयुक्त लगानी रहने भएको छ । फिल्म अर्को वर्ष प्रदर्शनमा आउने भएको छ ।

Loading...