visit-nepal

‘प्रेमगीत ३’ को क्यारेक्टर पोस्टरमा बाल्यकालका प्रेम र गीत

विराटनगर, २० मंसिर । ‘प्रेमगीत ३’ मा मुख्य भूमिकामा रहेका बालकलाकार अनुभव रेग्मी र योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । ‘प्रेमगीत ३’का मुख्य कलाकार प्रदीप खड्काको बाल्यकालको भूमिका निर्वाह गरिरहेका अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो ।

फिल्मका निर्माता सन्तोष सेनले आफ्नो औपचारिक फेसबुकमार्फत पोस्टर सार्वजनिक गर्दै फिल्मको यतिबेला मनाङमा छायांकन भइरहेको जानकारी दिएका छन् । केही दिनअगाडि मात्र अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो । फिल्ममा उनी डेढ सय वर्ष अगाडिको राजाको र अभिनेता प्रदीप खड्का र नव–अभिनेता मनिष राउतको पिताको भूमिका निर्वाह गरेका छन् ।

फिल्म यही चैत्र २८ गतेबाट प्रदर्शनमा आउने भएको छ । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मललाई निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । फिल्ममा प्रदीप र नव नायिका क्रिस्टिना गुरुङको जोडी बाँधिएको छ । फिल्ममा यी ६ मुख्य कलाकारका साथै निर्माता सेन, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री, शिशिर राणा तथा सुनिल थापालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Loading...