दमरोगीका लागि जाडो मौसम निकै खतरा

विराटनगर. २० मंसिर । दम रोगहरूलाई गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्ने गर्छन् । पुरानो दम छ, वा चुरोटको अत्यधिक सेवामले बढाएको दमका कारण धेरै जसो जाडोको समयमा अस्पताल भर्ना हुने गर्छन् । प्रति वर्ष ७ हजार दम रोगीमा गरेको अध्ययन अनुसार जाडो मौसममा दमरोगीको संख्या बढ्नु साथै पुरानो दमको रोग अझ बल्झिन सक्छ ।

कम तापक्रमका कारण मानव शरिरमा धेरै परिवर्तनहरू आउने गर्छन् । चिसोका कारण कडा खोकी लाग्ने, पुरानो खोकी, खोक्दा खकार आउने, श्वास फेर्न गाह्राे हुने, स्वा स्वा बढ्ने जस्ता समस्या बढ्छ । चिसोको समयमा फोक्सोमा चिसो पस्न नदिनका लागि सकेसम्म विहान बेलुकीको चिसोमा बाहिर नजाने, बाहिर जानै परेमा सफा रुमालले मुख र नाक छोप्ने, न्यानो लुगा लगाउने, चिसो मौसममा लाग्न सक्ने भाइरल फ्लुको संक्रमण र रुघाखोकीबाट बच्न सक्नु पर्छ ।

चिसोको कारण बढ्ने दमलाई घटाउन सके पनि पुरानो दम भने पुरै निको हुँदैन । दमरोगीहरूले भिडभाड हुने ठाउँ, अस्पताल तथा बिरामीहरूको छेउमा जानु हुदैन । यसो गर्दा भाइरल संक्रमणबाट बच्न सकिन्छ । यस्ता संक्रमण भएमा दमरोग पनि बढ्ने सम्भावना रहन्छ । दमरोगीहेरूले धुम्रपान र धुवाँवाट बच्नु पर्ने हुन्छ । जाडो छेक्न घरभित्र बालिने धुवाँ, तथा चुरोटको धुवाले फोक्सोमा समस्या गराउन सक्छ।

रोग लाग्नबाट बच्नका लागि किटाणुसित लड्नको लागि राम्रोसित हात धुनु तथा शरीरलाई राम्रो संग सफा गर्नुपर्छ । प्रसस्त मात्रामा पानी पिउनाले श्वास फेर्न सजिलो हन्छ । बिशेष गरी श्वास–प्रश्वास प्रक्रियामा संक्रमण भएको अवस्थामा पानी तथा तातो झोलिलो पदार्थको सेवन गर्दा दम रोगीहरूको लागि निकै फाइदाजनक हुन्छ ।

Loading...