visit-nepal

सन् २०१९ का एसियाकै सबैभन्दा ‘सेक्सी पुरुष’ बन्न सफल भए ऋतिक

विराटनगर, २० मंसिर । बलिउडका चर्चित अभिनेता ऋतिक रोशन एसियाकै सबैभन्दा ‘सेक्सी पुरुष’ भएका छन् । उनलाई दर्शकको भोटको आधारमा ब्रिटिश न्यूजविक्ली ईस्टर्न आईले गरेको सर्वेबाट सेक्सी पुरुष चुनिएको हुँदा एसियाको यस वर्षकै सबैभन्दा ‘सेक्सी पुरुष’ बन्न सफल भएका हुन् ।

बेलायती एक सर्वेले ऋतिकलाई २०१९ को सबैभन्दा कामुक पुरुषको सूचीमा पहिलो नम्बरमा राखेको छ । ऋतिकले ४५ वर्ष पार गरिसकेका छन् । बहुप्रतिभाशाली ऋतिकको बडी राम्रो मात्र नभइ उनको नृत्य, अभिनयले पनि दर्शकको मन जित्न सफल भएका छन् । ऋतिकले यो वर्ष अभिनय गरेको ‘वार’ र ‘सुपर ३०’ले बक्स अफिसमा तहल्का मचाएको थियो ।

asd

उनलाई बलिउडमध्येकै लोकप्रिय अभिनेता पनि मानिन्छ । उपाधि पाएपछि ऋतिकले आफ्ना फ्यानहरूलाई आभार प्रकट गर्दै यस्ता प्रकारको सर्वेमा एकजनाको मात्रै निर्णय नहुने हुँदा मानिसहरूले कसलाई कसरी हेर्छन् भन्ने कुराको पनि उजागर हुने बताए ।

यस्तै उनले कसैलाई आकर्षक बन्न उसको जीवनशैलीको भूमिका धेरै हुने बताउँदै भने, ‘जीवनको यात्रामा मानिसले जस्तो परिस्थितिको सामना गरेको हुन्छ त्यसले उसको व्यक्तित्वलाई निर्खार्ने काम गर्छ । म जुन तरिकाको भूमिका निर्वाह गर्छु त्यसैमा डुब्ने गरेको छु र भोट गर्ने सबैलाई धन्यवाद ।’

Loading...