visit-nepal

लभ स्टोरी फिल्ममा रणवीर कपूर र दीपिका पादूकोणको जोडी

विराटनगर, २० मंसिर । बलिउडका चर्चित अभिनेता राणवीर कपूर र अभिनेत्री दीपिका पादुकोणको जोडीलाई पुनः एक पटक फिल्ममा देखिने भएको छ । भारतीय मिडियाका अनुसार निर्देशक लव रन्जनले निर्माण गर्न लागेको लभ स्टोरीमा आधारित रहने फिल्मबाट फेरी एक पटक यस हिट जोडीलाई एक साथ ल्याउने तयारी भइरहेको छ ।

पछिल्लो समय उनीहरूले फिल्म ‘तमासा’मा सँगै काम गरेका थिए । साथै यिनीहरूको जोडीलाई ‘बचना ए हसिनो, ‘ए जवानी हे दिवानी’ लगायतका फिल्ममा पनि देखिएको थियो । रणवीर र दीपिकाको अफेयर र ब्रेकअपको चर्चा अझै पनि चलिरहेको नै छ । रणवीर र दीपिकालाई यस चलचित्रको स्क्रीप्ट दिइएको छ । अब उनीहरू एक साथ काम गर्नका लागि उनीहरूले स्क्रीप्ट पढेर यो फिल्म साईन गर्ने नगर्ने निर्णयमा भर पर्ने छ ।

अभिनेत्री दीपिका पादुकोण अभिनेता रणवीर सिंहसँग वैवाहिक बन्धनमा बाँधिएकी छन् भने रणवीर कपूर अभिनेत्री आलिया भट्टलाई डेट गरिरहेका छन् । रणवीर र आलियाले पनि चाँडै विवाह गर्ने निर्णय लिएका छन् ।

Loading...