visit-nepal

फ्राइडे रिलिज : आज हलमा ‘माछा माछा’ सँग भिड्दै ‘माया पिरिम’

विराटनगर, २० मंसिर । फ्राइडे रिलिजअन्तर्गत आज मंसिर २० गतेका दिन दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले मिलेर निर्माण गरेको क्राइम–कमेडी फिल्म ‘माछा माछा’ र प्रवीण थापा र सविन अधिकारीको संयुक्त निर्माणमा बनेको तयार भएको फिल्म ‘माया पिरिम’ प्रदर्शनमा आएका छन् ।

नेपाली वक्सअफिसमा अभिनेता सौगात मल्ल स्टारर ‘माछा माछा’ र अभिनेता कोशिश क्षेत्री स्टारर ‘माया पिरिम’को भिडन्त हुने देखिन्छ । सुनिल गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘माछा माछा’मा सौगातका साथ, बिजय अनोजको र माओत्से गुरुङ, फिल्म गाँठोबाट डेब्यु गरेकी अभिनेत्री नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल र पुष्कर लगायतको अभिनय रहेको छ ।

तीन जना गाउँले युवकहरू सहरमा आएर आफूलाई स्थापित गर्नका लागि गरेको संघर्षको कथामा आधारित फिल्मलाई सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा रहेर निर्माण गरेको हो ।

युवापुस्ता र अहिलेको जवानको प्रेमलाई लक्षित गरेर प्रेम कथामा आधारित रहेको फिल्ममा कोसिसका साथ सलोन बस्नेत, किरण चन्द, अञ्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, सागर बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

Loading...