visit-nepal

एथ्लेटिक्समा नेपाललाई स्वर्ण र कास्य

काठमाडौं, २० मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा नेपालले स्वर्ण र कास्य पदक जितेको छ । शुक्रबार भएको एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जित्दा हरिकुमार रिमालले कास्य जिते ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त स्पर्धामा गोपीले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । यस स्पर्धामा भारतका सुनिल दावरले रजत हात पारे । उनले १४ मिनेट ५५.२१ सेकेण्डमा पार गरे । नेपालकै हरिकुमार रिमालले कास्य पदक जिते । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरे ।

एथ्लेटिक्समा सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् ।

Loading...