फ्रान्समा पेन्सन सुधारविरुद्ध देशव्यापी हड्ताल

फान्स २० मंसिर । फ्रान्समा पेन्सन सुधार कार्यक्रमको विरोधमा लाखौँको संख्यामा कर्मचारीहरु प्रदर्शनमा उत्रिएका छन् ।

पेन्सन सुधारको विरोधमा देशव्यापी हड्ताल हुँदा विद्यालय र कार्यालयको कामकाज समेत प्रभावित भएको छ । कतिपय स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । अहिलेसम्म ८७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फ्रान्समा कामकाजी वर्ग पेन्सन योजनाको लागि सुधार गर्ने प्रस्तावको विरोधमा छ । नयाँ प्रस्तावमा अवकासको उमेर बढाइएको छ । योजना अनुसार अवकाश हुनु भन्दा पहिले काम छोडेमा कम सेवा सुविधा पाइने उल्लेख छ ।

पेन्सन सुधारको विरोधमा जारी हड्तालमा शिक्षक, परिवाह कर्मचारी, प्रहरी, वकिल, अस्पतालका कर्मचारी, विमानस्थलका कर्मचारी लगायतकाहरु सहभागी छन् ।

फ्रान्सका राष्ट्रपति इम्मनुयल म्याक्रोले फ्रान्समा विश्वव्यापी मान्यतामा आधारित अवकाश प्रणाली सुरु गर्न चाहेका छन् । तर उनको यो योजनादेखि कर्मचारीहरु आक्रोशित भएका छन् ।

पेरिसमा मात्रै करिब २ लाख प्रदर्शनमा सहभागी भएका थिए । अन्य ४० सहरमा साढे ४ लाख भन्दा बढी प्रदर्शनमा सहभागि भएका छन् ।

Loading...