पशुचिकित्सकको बलात्कार गरि हत्या गरेको अभियोगमा पक्राउ परेका चारजना प्रहरी इन्काउन्टरमा मारिए

विराटनगर २० मंसिर । भारतको हैदराबादमा महिला पशु चिकित्सकमाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ गरेका ४ जना प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

सामूहिक बलात्कार गरि जलाएर हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । घटनाका विषयमा अनुसन्धानको क्रममा घटनास्थलमा पक्राउ परेका ४ जनालाई नै लिएर पुगेको प्रहरी टोलीमाथि हमला गर्न खोजेपछि जवाफी कारबाहीमा उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उनीहरु भाग्न खोज्दा पुलिसले रोक्ने क्रममा हानेको गोली लागेर चारै जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गएराती उनीहरु प्रहरी इन्काउन्टरमा मारिएका हुन् ।

Loading...