यस्तो हुन सक्छ खुट्टा सुन्निने समस्याको कारण

विराटनगर २० मंसिर । व्यस्त जीवन, दिनभरीको काम, खानपानमा समस्या, निन्द्राको कमी, चोटपटक तथा दैनिक काममा लापरवाही र विभिन्न रोगहरू कारण खुट्टा सुन्निने गर्छ । ४०–४५ वर्ष पुगेपछि शरीरमा हार्मोनको असन्तुलन, शरीरको अत्यधिक तौलका कारणले खुट्टा सुन्निने समस्या सुरु हुन सक्छ ।

सामान्य अवस्थामा भन्दा खुट्टाको मांशपेशी केहि उठेको, फुलेको तथा हातको औलाको टुप्पाले खुट्टामा थिच्दा खाल्टो जस्तो परेको देखिएमा खुट्टा सुन्निएको भन्ने बुझिन्छ । खुट्टा सुन्निदा हिड्न, जुत्ता लगाउन गार्हो, अप्ठ्यारो हुनुका साथै दुख्ने गर्छ । जतातिर फर्केर सुत्ने गरिन्छ उता पतिको खुट्टा बढी सुन्निने गर्छ ।

सुत्ने वा बस्ने बेलामा केहि कुराले थिचिएर खुट्टाको रक्तनलीमा जोर पुग्दा, रक्तनलीमा रगत जमेर रक्त सञ्चालन नभएको खण्डमा र धेरै बेरसम्म खुट्टालाई तल झारेर बस्दा खुट्टा सुन्निन सक्छ । कस्सेको जुत्ता लगाउदा, धेरै समयसम्म उभिदा, एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्ने वा खुट्टा झुण्डयाएर बस्दा खुट्टा सुन्नीनुलाई सामान्य मानिन्छ ।

यस्तो अवस्थामा कुनै उपचार आवश्यक छैन् । एक दुइ दिनसम्ममा सुन्निएको खुट्टा आफै निको भएर जाने हुदा खासै पीर लिनु पर्दैन् । वीर अस्पतालका मुटु रोग विषेशज्ञ डा.हरिहर खनालका अनुसार खुट्टा सुनिने बितिकै जति सक्दो छिटो समस्याको पहिचान गरी निको पार्ने उपाय खोज्न आवश्यक रहेको बताउँछन् ।

धेरै जसो मोटोपनाले सताएको व्यक्ति, मुटु कमजोर भएमा, मुटु समबन्धि रोग लागेमा, दम भएमा, फोक्सो सम्बन्धि रोगहरु भएमा, मृगौलाले काम नगर्दा, विभिन्न मृगौला सम्बन्धि रोग हुदा वा थाइराइडको कमी, युरिक एसिड भएमा तथा गर्भवती महिलाहरुलाई पनि खुट्टा सुन्निने समस्या हुन्छ । रक्तचाप नियन्त्रण नभएएर मृगौला तथा पिसाब सम्बन्धि रोगहरूका कारण, विभिन्न औषधिको सेवनका कारण खुट्टा सुन्निने रोगले सताउने गर्छ ।

भुइमा सुत्दा, धेरै पंखामा बस्दा, अत्यधिक चिसोका कारण पनि खुट्टा तथा शरीरका अन्य भागहरु सुन्निन सक्ने हुदा एकदम सतर्क रहनु पर्छ । खुट्टा सुन्निनु शरीरमा भएका विभिन्न रोगहरूको एउटा लक्षण मात्र हो, जसले रोगलाई पहिचान गर्न मद्दत गर्छ ।

एक दुइ दिनमा यो समस्याको समाधान नभएको खण्डमा वा खुट्टा सुन्निनुका साथै स्वाँस्वाँ, छाती दुख्नु, पेट पोल्नु, पिसाब कम हुने लक्षण देखा परेमा तुरुन्तै डाक्टरकहाँ जानु पर्ने हुन्छ । औषधिका कारणले सुन्निएको खुट्टाका लागि डाक्टरको परामर्श लिएर उक्त औषधीको परिवर्तन गरेको १ वा २ हप्तामा घट्ने गर्छ ।

Loading...