पत्रपत्रिकामा देश : व्यक्तिको आर्थिक विवरण बटुल्दै गुप्तचर

विराटनगर २० मंसिर । राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले सार्वजनिक पदधारण गरेका व्यक्तिको र विभिन्न पेशा व्यवासाय गरेका व्यक्तिको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ ।

राष्ट्रिय सुरक्षासम्बन्धी सूचना संकलन गर्दै आएको गुप्तचर विभागलाई आर्थिक क्षेत्रको समेत सुचना बढुल्न क्रियाशील बनाइएको हो । प्रधानमन्त्री कार्यालयसम्बद्ध श्रोतका अनुसार राअविले गैरकानूनी सम्पत्ती आर्जन गरेका शंकास्पद व्यक्ति तथा तिनको परिवारको आर्थिक स्थितिको अभिलेख राख्न थालेको हो ।

नागरिक तहको सम्पत्ती विवरण संकलन गर्नु अघि राअविका अनुसन्धान निर्देशक (प्रमुख) गणेश अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आन्तरिक सुरक्षा र सुशासन समेटिएको विशेष कार्ययोजना प्रस्तुत गरेका थिए । राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माले सरकारको कदम सहि भएको भन्दै सुशासन र अपराध नियन्त्रणमा महत्त्वपुर्ण कदम हुने बताए ।

तर पूर्वगृहसचिव गोविन्द कुसुमले भने गुप्तचरलाई नागरिकको आर्थिक विवरण संकलनमा खटाउँदा निरंकुश बन्ने खतरा रहेको बताए । गत साउनबाट विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, उद्योगी व्यवसायी, वहालबाला तथा अवकाशप्रप्त सरकारी कर्मचारी लगायतकाको परिवारका नाममा समेत भएको सम्पत्ति विवरण संकलन भइरहेको श्रोतले जनाएको छ ।

पौडी र भारोत्तोलनमा ऐतिहासिक स्वर्ण शिर्षकमा नागरिक दैनिकमा समाचार छ । तेह्रौ एसियाली खेलकुद (साग) प्रतियोगितामा पौडी र भारोत्तोललनमा महिला खेलाडीहरुले ऐतिहासिक स्वर्ण जितेका छन् ।

बिहीबार ललितपुरको सातदोबाटोस्थ्ति हिटिङ स्विमिङ पुलमा भएको २ सय मिटर फ्रिस्टाइलमा गौरिका सिंहले स्वर्ण जितिन् । यस्तै पोखरामा भएको महिला भारोत्तोलनमा सञ्जू चौधरीले ५९ केजी तौल समूहमा स्वर्ण जितिन् ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालको लामो बसाईपछि डिस्चार्ज भएका छन् । ओलीलाई एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि लामो समयसम्म महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएको थियो ।

बिहीबार डिस्चार्ज पाएका ओली १० दिन अस्पताल बसेका हुन् । प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षा गरेभन्दा तिव्र गतिमा सुधार आएको बताइन् । यो समाचार नागरिक दैनिकमा छ ।

Loading...