पत्रपत्रिकामा प्रदेश : विवादै विवादमा सिद्धबाबा

विराटनगर २० मंसिर । दशकयता जगदगुरु, अनन्तश्री र महायोगी सिद्धबाबा भनेर चिनिदै आएका ४५ वर्षीय कृष्णबहादुर गिरी यतिबेला गम्भीर विवादमा परेका छन् ।

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लगाउदै उनिमाथि उजुरी परेको छ । करिब ४ वर्ष अघि पनि उनले इटहरीको बालग्रामबाट पढाउनका लागि भनेर लगेका १३ र १४ वर्षीया बालिकामाथि समेत यौन दुव्र्यवहारको आरोप लागेको थियो ।

कान्तिपुर दैनिकमा छापिएको खबरमा गिरीले शक्तिवद्र्धक जडिबुटी दुधमा हालेर पिउने र युवतीप्रति आशक्त नहुन सुझाव दिँदा आफन्तलाई तैले मलाई सिकाउने भन्दै विवाद गर्ने उल्लेख छ ।

यस्तै गिरीका १ दशक अवधिमा चतरामा सिद्धबाबाका रुपमा चिनिन थालेपछि विभिीन्न काण्डहरु भएपनि शक्तिप्रयोग गरि ढाक छोप गर्ने गरेका छन् । उनले चेली बनाएकाहरु धेरैको घरबार बिग्रिएको समाचारमा छ ।

सोलुखुम्बुको जुवुमा जन्मिएका कृष्णबहादुर गिरी कक्षा ७ मा पास हुन नसकेपछि पढाइ छोडेका थिए । उनी भारत जानु अघि जग्गाको सीमानाको विषयमा छिमेकीसँग विवाद हुँदा मरणासन्न हुने गरि कुटपिट गरेका थिए । उनिमाथि ज्यान मार्ने उद्योगमा दर्ता भएको मुद्धा अझै छ ।

उनले चतरामा सिचाई आयोजनाको जग्गा कब्जा गरेर भौतिक संरचना बनाएर बसेका हुन् । नेकपाका अध्यक्ष तथा तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भैसी पूजा गर्न लगाउने उनको सत्तासँगको निकटताको देखेपछि सबै निकाय मौन हुँदै आएका हुन् ।

दुुहबीमा ९३ करोडको वाटरपार्क लगानीकर्ता खोज्दै मेयर शिर्षकमा उद्घोष दैनिकले खबर छापेको छ । वाटरपार्कको लागि लगानी जुटाउन दुहबी नगरपालिकाले छलफल थालेको छ । दुहबीका मेयर वेदनारायण गच्छदारले विराटनगर नजिकैको सहरमा लगानी गर्न प्रदेश सरकार र उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

Loading...