visit-nepal

ह्याट्रिकपछि सावित्राले भनिन्, ‘भारतलाई हराउँदै स्वर्ण जित्नेछौं’

पोखरा, २० मंसिर । आयोजक नेपाल पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाभित्रको फुटबल मैदानमा बिहीबार आफ्नो दोस्रो खेलमा नेपाल सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गरी लिग चरणको एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो ।

a
खेलपछिको पत्रकार सम्मेलनमा भण्डारीले गोल संख्यामा कीर्तिमान राखे पनि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि हासिल नगराउँदासम्म आफ्नो सपना साकार नहुने बताइन् । नेपाल महिला फुटबलमा हालसम्म खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भारतसँग पराजित हुँदै उपाधिबाट विमुख हुँदै आएको छ ।

सागमा नेपालको मुख्य प्रतिस्पर्धी रहेको भारतलाई घरेलु मैदानमा पराजित गरेर स्वर्ण पदक जित्ने भण्डारीको लक्ष्य छ । उनी भन्छिन्, ‘मैले नयाँ कीर्तिमान कायम गरेको छु तर देशलाई उपाधि हासिल नगराउँदासम्म त्यसको सार्थकता छैन । प्राप्त अवसरलाई सदुपयोग गर्दै टोलीलाई उपाधि दिलाउन म लाग्नेछु ।’

जारी प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाविरुद्ध गोल गरेर कीर्तिमान कायम गर्ने लक्ष्य पूरा नभए पनि प्राप्त अवसरले औधी खुशी लागेको उनको भनाइ छ । उनले भनिन्, ‘यसपालि हामीले स्वर्ण जित्ने चान्स ५०–५० छ । यसलाई ब्रेक गरेर सुखद् रिजल्ट ल्याउने योजनामा छु । यसपालि भारतलाई देखाउने बेला आएको छ । भारतलाई हराउँदै स्वर्ण जित्ने योजनामा छौं ।’

महिला फुटबलमा सावित्राको कीर्तिमान

नेपाली महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारीले महिला फुटबलमा सर्वाधिक गोल संख्याको कीर्तिमान कायम गरिन् । माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक गरेसँगै भण्डारीले नेपालका पूर्वकप्तान अनु लामासँगको ३५ अन्तर्राष्ट्रिय गोलको बराबरी तोडेर नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यससँगै भण्डारीको अन्तर्राष्ट्रिय खेलमा गोल सङ्ख्या ३८ पुगेको छ । सन् २०१४ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न तेस्रो साफ च्याम्पियनसीपमा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी सावित्राले भुटान विरुद्धको आफ्नो ‘डेब्यु’ खेलमै गोल गरेपछि उनी नेपाली फुटबलमा चर्चाको शिखरमा पुगिन् ।

asd

डेब्यु खेलमै गोल गर्नु जुनसुकै खेलाडीका लागि पनि कठिन हुने गरे पनि उनले त्यो अवसर प्राप्त गरिन् । त्यसयता सावित्रा लगातार नेपाली टोलीको मुख्य खेलाडीका रूपमा रहँदै आएकी छन् । भारतको गुहावटीमा सन् २०१६ मा भएको १२ औँ सागमा उनले दुई गोल गरिन् भने सोही वर्ष भारतमा सम्पन्न साफ च्याम्पियनसीपमा सर्वाधिक १२ गोल गरिन् ।

त्यसक्रममा उनी भुटानविरुद्ध दोहोरो ह्याट्रिक र माल्दिभ्सविरुद्ध पाँच गोल गर्न सफल भइन् । सावित्राले सन् २०१८ को ओलम्पिक छनोटमा दुई तथा सन् २०१९ मा किर्गिस्तानमा सम्पन्न नादेज्दा कपमा सात गोल गरेकी थिइन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनको गोल संख्या दुई रहेको छ ।

यसअघि श्रीलंकालाई १–० गोलअन्तरले पराजित गरेको नेपालले शनिबार भारतविरुद्ध हुने लिगको अन्तिम खेलअगावै छ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । नेपाललाई फाइनलमा पु¥याउने क्रममा भण्डारीले खेलको मध्यान्तरअघि दुई तथा पछि एक गोल गरी ह्याट्रिक पूरा गरिन् । सावित्राले खेलको १८औँ मिनेटमा अनिता बस्नेतको पासको सहयोगमा हेडमार्फत गोल गरी टोलीका लागि गोलको खाता खोलिन् ।

मबका

पहिलो गोलको चार मिनेटपछि प्राप्त अवसरलाई सदुपयोग गरी भण्डारीले अग्रता दोब्बर पारिन् । मध्यान्तरपछिको इन्जुरी समयमा विपक्षी खेलाडीले पेनाल्टी बक्समा भण्डारीलाई फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । सो अवसरलाई भण्डारीले खेर फालिनन् र टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाउँदै फाइनलमा पु¥याइन् ।

आयोजक नेपालसहित भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा खेलाइएको थियो । प्रतियोगितामा श्रीलङ्का र माल्दिभ्सलाई पराजित गरेर छ अङ्क जोडेको भारतसमेत यसअघिनै फाइनलमा प्रवेश गरिसकेको छ । दुवै टोलीले फाइनलमा स्थान पक्का गरिसकेकाले शनिबार नेपाल र भारतबीच हुने लिग चरणको खेल औपचारिक मात्र हुनेछ ।

यही मङ्सिर २३ गते नेपाल र भारतका महिला फुटबल टिमले फाइनलमा स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् ।

Loading...