visit-nepal

‘फुटबल मन पराउने हरेकले मेस्सी मन पराउँछन्’

एजेन्सी, २० मंसिर । बेल्जियन फुटबल प्रशिक्षक रोबर्ट मार्टिनेजले बार्सिलोनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीको प्रशंसा गरेका छन् । एक अन्तर्वार्ताका क्रममा कोपा डेल रेका विजेतासमेत रहेका मार्टिनेजले फुटबल मन पराउने हरेकले मेस्सी मन पराउने बताएका छन् ।

sadf

स्पेनका पूर्वखेलाडीसमेत रहेका मार्टिनेजले मेस्सी छैटौं बालोन डी‘ओरको हकदार भएकाले नै उनले उक्त अवार्ड जितेको पनि बताए । मेस्सीले यसै साता मात्र छैटौं पटक बालोन डी‘ओर जित्द विश्व कीर्तिमान बनाएका थिए । सर्वाधिक धेरै पटक फुटबलको प्रतिष्ठित अवार्ड जितेका मेस्सीको विषयमा बोल्दै मार्टिनेजले भने, ‘उनी बालोन डी‘ओरको धेरै नै हकदार थिए । यदि, तपाईं फुटबल मन पराउनुहुन्छ भने मेस्सीलाई अवश्य मन पराउनुहुन्छ । फुटबल मन पर्ने हरेकले मेस्सी मन पराउँछन् नै ।’

मार्टिनेजले मेस्सीको सन्यासका विषयमा पनि बोले । उनले भने, ‘मेस्सीको सन्यास ? एक दिन उनले सन्यास लिनेछन्, हो तर, मैले उनलाई बोरुसिया डर्टमुण्डविरुद्ध खेल्दै गरेको प्रत्यक्ष रुपमा देखेको छु । त्यो खेलपछि यो भन्न सकिन्छ कि मेस्सी धेरै वर्षका लागि हुन् ।’

Loading...