प्रिमियर लिग : आफ्नै मैदानमा आर्सनल स्तब्ध

विराटनगर, २० मंसिर । इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले ब्राइटनविरुद्ध हार ब्यहोरेको छ । बिहीबार राति आफ्नो १५औं खेल खेलेको आर्सनल ब्राइटनसँग २–१ गोल पराजित भएको हो ।

आर्सनलको घरेलु मैदानमा भएको उक्त खेलमा ब्राइटनले सुरुआती अग्रता बनाएको थियो । खेलको ३६औं मिनेटमा आदम वेबस्टरले गोल गर्दै पहिलो हाफभरि ब्राइटनलाई अग्रता दिलाए । यस्तै खेलको ५०औं मिनेटमा आर्सनलका एलेक्जेन्ड्रे लाकाजेट्टेले गोल गर्दै खेल बराबरीमा फर्काए । तर, खेलको ८०औं मिनेटमा पाहुना टोलीका नील मौपेले गोल गर्दै ब्राइटनलाई जिताए ।

यससँगै लिगको १३औं स्थानको ब्राइटनले १८ अंक बनाएको छ । यता, १९अंक भएको आर्सनलल अंक तालिकाको १०औं स्थानमा छ ।

Loading...