visit-nepal

तेह्रौँ साग ५८ स्वर्णसहित भारत शिर्षस्थानमा, नेपालको इतिहासमै धेरै स्वर्ण

काठमाडौं १९ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारत ५८ स्वर्ण सहित पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ ।

भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित कूल ११८ पदक जितेको छ । नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित कूल ९६ पदक जितेको छ ।
श्रीलङ्का १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित तेस्रो, पाकिस्तान १२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो स्थानमा रहेको छ । बङ्गलादेश ४ स्वर्ण, १० रजत र ४० कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ स्थानमा छ ।

भुटानले अहिलेसम्म स्वर्ण र रजत पदक जित्न सकेको छैन् । ६ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले आज साइक्लिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो र उसुमा गरी थप सात स्वर्ण पदक जितेको हो ।

यद्यपी नेपालले सागमा पहिलो पटक ३६ वटा स्वर्ण जित्न सफल भएको छ । सुरुआतदेखि नै सागमा सहभागि हुँदै आएको नेपालले इतिहासमै धेरै स्वर्ण जितेको हो । यसअघि आठौं सागमा नेपालले ३१ वटा स्वर्ण जितेको थियो ।

Loading...