visit-nepal

बुरुण्डीमा पहिरो जाँदा ३८ को मृत्यु

बुजुम्बुरा, १९ मंसिर । बुरुण्डीमा आएको पहिरोमा परी ३८ जनाको मृत्यु भएको छ ।

बुरुण्डीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिबीटोक प्रान्तमा पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । अत्यधिक बर्षापछि बुधबार ठूलो पहिरो आएको स्थानीयले बताए ।

विभिन्न तीन स्थानमा पहिरो गएको र सबै क्षेत्रमा गरि जम्मा ३८ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिरे कुरिकियले बताए । न्युम्पुँदुबाट २२, गिकोमेरोबाट तीन र रुकोम्बेबाट १३ जनाको पहिरोले पुरेको स्थानबाट झिकिएको हो ।

बिहीबार दिउँसो ४ बजेतिर आएको अत्यधिक बर्षा र पहिरोका कारण थप केही घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाए । कुरिकियेले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताउँदै घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

Loading...