Rumpum Advertisement
Dazzu

शनिबारबाट सिंघिया खोला सरसफाई अभियान

शनिबारबाट सिंघिया खोला सरसफाई अभियान

विराटनगर, १९ मंसिर । विराटनगर हुँदै बग्ने सिंघिया खोलाको सरसफाई अभियान शनिबारबाट सुरु हुने भएको छ । प्रदेश सरकार र पाँचवटा स्थानीय सरकारबीचको सहकार्यमा शनिबारबाट सिंघिया खोला सरसफाई अभियान सुरु हुने भएको हो ।

‘सिंघीया खोलाको सफाई अभियान, हामी सबैको शान’ भन्ने मूल नाराका अभियान थालनी गरिने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयको अगुवाईमा भएको अभियानमा विराटनगर महानगरपालिका, कटहरी, बूढीगंगा, ग्रामथान र जहदा गाउँपालिकाले सहकार्य गरेका छन् ।

अभियानका ेथालनी विराटनगरको पुष्पलाल चौक पूर्वको घिनाघाटदेखि सुरु हुने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

अभियान अघि बढाउन सामाजिक विकास मन्त्री जीवन घिमिरे संयोजक र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सह–संयोजक रहेको मूल समिति बनाइएको छ ।

शनिबारबाट सुरु हुने सरसफाईका लागि मन्त्रालयले एक सय ७० जोर गम्बुट, एक सयवटा डोको, एक हजार पाँच सयवटा माक्स, पाँच सयवटा डिस्पोजेवल पञ्जा, खानेपानी, माइक तथा स्पिकरको व्यवस्था गर्ने छ ।

महानगरपालिकाले सात सयवटा एप्रोन, एक सयवटा फोहोर तान्ने काँटा, २० वटा बेल्चा, २० वटा दविया, ५० वटा कचिया, २० वटा फोरुवा, २० वटा डस्बिन र २० पिस डोरी उपलब्ध गराउने छ । त्यस्तै संकलित फोहोर व्यवस्थापनका लागि फोहोर उठाउने र डम्पिङ साइडसम्म पुर्याउने सवारी साधनको व्यवस्था महानगरले गर्ने छ ।

कटहरी गाउँपालिकाले दुई सय जोर गम्बुट, छ सय जोर पञ्जा, बूढीगंगाले ६५ जोर गम्बुट, जहदाले ५० वटा फोहोर तान्ने काँटा र ग्रामथान गाउँपालिकाले ६५ जोर फोहोर तान्ने काँटाको व्यवस्थापन गर्ने छन् ।