अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन सस्थान मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज उनी डिस्चार्ज भएको प्रेस सल्लाहकार थापाको भनाइ छ । उनले भने, ‘सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज हुनुभयो ।’

ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर निवास फर्किएका हुन् । उनी यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना भएको थिए ।

Loading...