visit-nepal

उमेर बढेसंगै पुरुषमा विभिन्न रोगको जोखिम

विराटनगर, १९ मंसिर । मानिसहरूको उमेर बढ्दै गएपछि शरीरमा पहिला जस्तो शक्ति, फुर्ति भने रहि रहदैन । उमेर बढेसंगै विभिन्न रोगका लाग्नुका साथै शरीरमा पनि परिवर्तन देखा पर्न थाल्छ । ४० देखि ४५ को उमेर पुग्दा मानिस आफुले आफुलाई बुढो महसुस गर्न थाल्छ । तर, आजकलको टेक्नोलोजीको युगमा अनब्यबस्थित जीवनशैली, अस्वस्थ्य खानपान, व्यायामको कमि, तनाव, थकान, मोबाइलको बढी प्रयोगका कारण ३० बर्ष पार नगर्दै स्वास्थ्य सम्बन्धित विभिन्न खतराहरु बढ्ने गरिरहेको छ ।

उमेर बढ्दै गएसँगै छाला चाउरि पर्नु, हड्डी तथा मांशपेशी कम्जोर हुनुका साथै दिमागको स्मरण शक्तिमा कमी आउनुलाई सामान्य मानिन्छ । ३० वर्ष कटेपछि पुरुषहरूमा अरु धेरै रोगहरू लाग्ने सम्भावना रहे पनि उनीहरूमा ६ वटा गम्भीर समस्याहरु देखिन थालछन् । २० बर्षको उमेरपछि नै शरीरमा नराम्रो कोलेस्टेरोल बढ्दै जाने क्रम सुरु हुन्छ ।

ब्यस्त जीवनमा रेडिमेड तथा जंक फुडको सेवन, व्यायामको कमिका कारण आवश्यक तौल नियन्त्रण गर्न सकिदैन । ३० वर्ष कटेका पुरुषहरूमा पाचन शक्तिमा पनि समस्या आउन थाल्छ । पाचन शक्ति कम्जोर भएर पेट बढ्दै जानुका साथै पेट सम्बन्धित विभिन्न रोगहरु निम्त्याउन सक्छ । जंक फुड तथा रेडिमेड खानाले पेटमा अपच, ग्यास्ट्रिक तथा अल्सर जस्ता समस्या उत्पन्न गरेर तौल नियन्त्रण नहुदा मोटोपना बढ्छ र शरीरमा खराव कोलस्ट्रोलको मात्रा बढ्छ । मोटोपनाले कोलेस्टेरोल, मधुमेह, प्रेसर, हृदयघात, पक्षघात तथा मुटुसम्बन्धित विभिन्न रोगको खतरा बढ्दै जान्छ ।

३० वर्ष पूरा गरेका पुरुषहरूमामा इन्सुलिनको सन्तुलन बिग्रिएर मधुमेह हुने संभावना अधिक रहन्छ । हाडजोर्नी विशेषज्ञ डा. प्रविण नेपालका अनुसार शरीरमा ३० वर्ष कटेपछि क्याल्सियम तथा भिटामिन ‘के’ को कमि हुन्छ । यस्ता महत्वपुर्ण भिटामिनको कमिका करण हड्डी कम्जोर भएर हड्डी खिइने समस्या सुरु हुन्छ ।

३० वर्ष कटेपछि पुरुषको शरीरमा हर्मोनमा कमी आउन थाल्ने हुदा फर्टि्लिटीमा असर पर्छ । ३० वर्ष कटेका पुरुषहरूको शरीरको मांसपेशीमा लचीलोपन आउँछ र जिउका विभिन्न ठाउँमा दुखाइ बढ्न थाल्छ । उमेर बढेसंगै कपाल पनि सेतो हुन थाल्नुका साथै आँखा पनि कम्जोर हुने गर्दछ ।

Loading...