visit-nepal

प्रिमियरमा सौगातको ‘माछा माछा’, भोलिबाट प्रदर्शन

विराटनगर, १९ मंसिर । चर्चित अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘माछा माछा’को प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । बुधबार राजधानीको बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा नेपाली फिल्म क्षेत्रका व्यक्तिहरूको उपस्तिथी रहेको थियो । प्रिमियरमा फिल्मका कलाकारको अभिनय तथा फिल्ममा समावेश गरिएको कमेडी पाटोको प्रसंशा गरिएको थियो ।

निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले मिलेर निर्माण गरेको क्राइम-कमेडी फिल्म ‘माछा माछा’ मंसिर २० गते भोलि प्रदर्शनमा आउने भएको छ । प्रिमियरमा निर्देशक सुनिल गुरुङले फिल्मको प्रतिक्रियाबाट खुसी महशुस भएको बताउदै आफुले स्क्रिप्टलाई हुबहु पर्दामा उतार्न सम्पूर्ण प्रयास गरेको बताए ।

फिल्मका निर्माता दयाहाङले आफूले सोचेको जस्तै फिल्म बनेको, निर्देशकले स्क्रिप्टलाई दुरुस्तै पर्दामा उतार्न सफल भएपनि फिल्मबाट आफूलाई ठुलो कमाई हुन्छ भन्ने आस नभएको बताए । अहिले कुनै फिल्मले पनि राम्रो व्यवसाय नगरेको हुदा यो फिल्मले पनि लगानी मात्र सुरक्षित गर्छ कि भन्ने प्रतिक्रिया जनाए ।

फिल्म ‘माछा माछा’मा मुख्य भूमिका निभाएका अभिनेता सौगातका साथ, बिजय अनोजको र माओत्से गुरुङ, फिल्म गाँठोबाट डेब्यु गरेकी अभिनेत्री नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल र पुष्कर लगायतको अभिनय रहेको छ ।

तीन जना गाउँले युवकहरू सहरमा आएर आफूलाई स्थापित गराउनका लागि गरेको संघर्षको कथामा आधारित रहेको फिल्मलाई सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा रहेर निर्माण गरिएको हो । फिल्मलाई शिवराम श्रेष्ठले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा छायांकन गरेका हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन रअनुपम शर्माको संगीत रहेको छ ।

Loading...