visit-nepal

‘माइकल अधिकारी’मा फेरी एकपटक सौगात र सृष्टि

विराटनगर, १९ मंसिर । केहि वर्ष देखि प्रेम सम्बन्धमा रमाईरहेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले लगातार एकसाथ फिल्ममा काम गरिरहेका छन् । दर्शकले जोडी मनपराएपछि तथा निर्देशकहरूको रोजाईका कारण यो जोडीले फिल्ममा छुटिएर काम गरेका छैनन् ।

आफूले गर्ने फिल्ममा सृष्टिलाई अभिनेत्रीमा सिफारिस गर्ने गरेको चर्चा चलेको भए पनि अभिनेता सौगातले यो कुरालाई अस्वीकार गर्दै फिल्म मेकरहरूले नै आफूलाई एकसाथ फिल्म अफर गर्ने उनले बताए । फिल्म ‘पोइ पर्यो काले’ मा काम गरेका यी दुईले ‘मासु भात’ तथा मंसिर २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माछा माछा’ को गीतमा पनि एकसाथ देखिएका छन् ।

चाँडै यो जोडीले मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘सँगसँगै’ मा काम गर्ने पक्का भएको छ ।

सौगात र सृष्टिको जोडीलाई फेरि एक नयाँ फिल्ममा एकसाथ देख्न पाइने भएको छ । गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको नयाँ फिल्म ‘माइकल अधिकारी’ मा उनीहरू अनुबन्धित भएको खवर सार्वजनिक भएको छ । एक भारतीय निर्देशकले निर्देशन गर्ने फिल्मको औपचारिक निर्माण घोषणा केहि दिनमा गरिने बताइएको छ ।

सौगातले अभिनेत्रीमा सृष्टि भएको खण्डमा मात्र फिल्म गर्ने सर्त राखे पछि निर्माण टिमले बाध्य भएर फिल्ममा सृष्टिलाई फिल्ममा लिन आटेको हो । फिल्ममा सौगात र सृष्टि अनुबन्ध भएको विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन र फिल्ममा नयाँ अभिनेत्री लिने निर्माण टिमले सोचेको छ ।

Loading...