विराटनगरमा खुल्यो नसर्ने रोगहरूको उपचार गर्ने अस्पताल

विराटनगर, १९ मंसिर ।  प्रदेश १ को राजधानी विराटनगरमा नसर्ने रोगहरूको उपचार गर्ने सुबिधासम्पन्न प्राकृतिक अस्पताल स्थापना भएको छ । विराटनगरको को सौगात मार्ग, बरगाछीमा नसर्ने रोगहरूको समेत उपचार गर्ने ओम वेलनेस हस्पिटलको स्थापना भएको हो ।

रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्देश्यले ७ करोड ५० लाखको लगानीमा अस्पताल स्थापना गरेको अध्यक्ष शिवा उपाध्यायले जानकारी दिइन् । उद्यमी, ब्यवसायी तथा सामाजिक काम गर्दै आएका चार जना महिलाहरू शिवा उपाध्याय, नमिता न्यौपाने, राधा ढकाल र बिना कार्कीले काठमाण्डौको वेलनेस अस्पतालको सहकार्यमा अत्याधुनिक प्रविधियुक्त सुबिधासम्पन्न अस्पतालको निर्माण गरेका हुन् ।

अस्पतालको २२ मंसिरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्दैछन् । अस्पतालमा अनुभवी, विज्ञ तथा दक्ष चिकित्सकहरूबाट नसर्ने रोगहरूसँगै रक्तचाप, मधुमेह, हृदयरोग, पक्षघात, मेरुदण्ड, नसा तथा हाडजोर्नीका समस्या, पिनास, दम, माइग्रेन, तनाव, पेटसम्बन्धि सम्पूर्ण रोगहरू, पाइल्स, महिनावारी समस्यालाई प्राकृतिक चिकित्साबाट प्रभावकारी उपचार प्रदान गरिनेछ ।

sdfg

फिजियोथेरापी, मसाज थेरापी, शिरोधारा, जलनेती, ज्याकुजी, साउनाबाथ, स्टिमबाथ, अक्युपञ्चर, अक्युप्रेसर, पुनस्र्थापना, योग तथा तनाव व्यवस्थापन, डाइट तथा न्युट्रीसनका माध्यमबाट विभिन्न रोगहरूको सर्वसुलभ, प्रभावकारी उपचार हुनेछ । एलोपेथिबाट हार खाएका, दीर्घरोगीहरूको लागि प्रदेश १ मा उत्कृष्ट तथा गुणस्तरीय पद्दतिबाट उपचार गरिने अस्पतालकी सदस्य नमिता न्यौपानेले बताइन् ।

Loading...