visit-nepal

यसकारण दिएका थिए मेस्सीले मानेलाई भोट

एजेन्सी, १९ मंसिर । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले इंग्लिस क्लब लिभरपुलका स्टार साडियो मानेलाई विश्व फुटबल महासंघ (फिफा)को ‘द बेस्ट फिफा मेन्स प्लेयर’को अवार्डका लागि भोट दिनुको कारण खुलाएका छन् । यसै साता भएको बालोन डी‘ओरको समारोहमा पत्रकारसँग बोल्दै अर्जेन्टिनी स्टार मेस्सीले मानेलाई भोट दिनुको कारण खुलाएका हुन् ।

३२ वर्षीय मेस्सीले फिफाको ‘द बेस्ट फिफा मेन्स प्लेयर’को अवार्डको लागि मानेलाई भोट दिएका थिए । मेस्सी आफैँले उक्त अवार्ड जिते । मेस्सीले यस अवार्डका लागि ५ अंकको पहिलो मत मानेलाई दिएका थिए । यसैगरी दोस्रो स्थानको ३ अंकको भोट प्रतिद्वन्द्वी खेलाडी क्रिस्टियानो रोनाल्डोलाई दिँदा १ अंकको तेस्रो भोट आफ्ना सहकर्मी फ्रेन्की डी योङलाई दिएका थिए ।

sdf

छैटौं पटक बालोन डी‘ओर जित्दै विश्व कीर्तिमान बनाएका मेस्सीले ‘क्यानल प्लस पर द मेट्रो’ नामक मिडियासँग भने, ‘फिफा बेस्ट प्लेयरमा माने चौथो हुनु लज्जास्पद हो । तर, मेरो विचारमा लिभरपुलमा यो वर्ष महान् खेलाडीहरू मात्र छन् । यसैले त्यहाँ एक खेलाडीलाई छान्न गाह्रो थियो ।’

मेस्सीले माने उत्कृष्ट खेलाडी भएका कारण आफूले फिफा द बेस्टका लागि भोट दिएको बताए । उनले भने, ‘त्यहाँ (लिभरपुलमा) सबै उत्कृष्ट खेलाडी छन् । तर, मैले मानेलाई छानेँ किनकी उनी मलाई मन पर्ने खेलाडी हुन् । यो वर्ष मानेको उपलब्धी महान् थियो । त्यो उपलब्धी पूरै टिमका लागि थियो । र, मैले उनलाई छानेको हुँ ।’

यसैगरी उनले लिभरपुलका खेलाडीमध्ये उत्कृष्ट छान्न गाह्रो हुने सुनाए । उनले भने, ‘म फेरि पनि यो दोहो¥याउन चाहन्छु कि, लिभरपुलबाट एक उत्कृष्ट खेलाडी छान्न असहज हुन्छ किनकी यो वर्ष त्यहाँ धेरै महान् खेलाडीहरू छन् ।’

Loading...