visit-nepal

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा कार्यालय घेराउ

विराटनगर, १९ मंसिर । उत्तरपुस्तिका पुनः जाँच गर्न माग गर्दै विद्यार्थीहरूले पूर्वाञ्चल विश्विद्यालयको परीक्षा नियन्त्रण कार्यालय घेराउ गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएको इष्टर्न इन्जिनियरिङ र आंगिक पुसेट कलेजका विद्यार्थीहरूले विराटनगरको शनिहाटस्थित परीक्षा नियन्त्रण कार्यालय आज बिहीबार घेराउ गरेका हुन् ।

पटक–पटक परीक्षा दिँदा पनि फेल हुने गरेकोले विद्यार्थीहरूले उत्तरपुस्तिका माग गरेर हेर्दा फेल हुने अवस्था नदेखिएको भन्दै उत्तरपुस्तिका पुनः जाँच गर्न माग गरिरहेका हुन् ।

Loading...