visit-nepal

‘दि कर्मा’ को टिजर सार्वजनिक (भिडियोसहित)

विराटनगर, १९ मंसिर । नेपाली फिल्म ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको एक्सन प्याक्ड टिजरमा फिल्मका भारतका कलाकार करण वर्मा, अभिनेत्री परमिता राज्यलक्ष्मी राणा, नीता ढुंगानासँगै बुद्धी तामाङ्गलाई पनि देखाइएको छ ।

नवनायक करण आफ्नो सुगठित शरीर देखाएर एक्सन गर्दै फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् । ‘दि कर्मा’ मा अभिनेत्री नीता प्रहरी अफिसर र परमिता ‘लेडी डन’ को भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ भने टिजरमा बुद्धीले परमितासँग रोमान्स गरेका छन् ।

प्रचार प्रसारको सामग्री स्वरुप फिल्मको औपचारिक टिजर सार्वजनिक गरिएको फिल्मका निर्माता जय राज रायले बताए । देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा मुख्य ४ कलाकारका साथै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित रहेको फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा रहेर निर्माण भएको फिल्म ‘दि कर्मा’को कथा निर्माता जय राज राय आफैँले लेखेका हुन् ।

रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडाको संयुक्त निर्माण रहेको फिल्मको पटकथा तथा संवाद सुशील पोखरेलले लेखेका हुन् । फिल्म आगामी माघ १७ गते प्रदर्शन हुने भएको छ ।

Loading...