visit-nepal

कप्तान ज्ञानेन्द्रको शतकमा नेपालद्वारा भुटानलाई विशाल लक्ष्य

काठमाडौं, १९ मंसिर । नेपालमा तेस्रो पटक भइरहेको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज पुरुष क्रिकेटमा नेपाल र भुटानले खेलिरहेका छन् । कीर्तिपुरमा भइरहेको उक्त खेलमा नेपालले भुटानलाई २ सय ३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

किर्तिपुरको टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले । उनले ५५ बल खेल्दा ९ छक्का र ५ चौकाको मद्धतले १ सय ७ रन बनाए ।

टी–२० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रूपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्काले टी २० मा शतक बनाएका थिए । पूर्वकप्तान पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ज्ञानेन्द्र र पारसको जोडीले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेको थियो ।

उपकप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए । यसैगरी दोस्रो विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । उनी ६रन बनाए आउट भएका थिए ।

भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे ।

Loading...