ट्रुडोले ट्रम्पको कुरा काटेपछि

विराटनगर १९ मंसिर । नेटोको ७० औँ वर्षगाँठको अवसरमा अयोजना गरिएको दुई दिने शिखर सम्मेलनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि राम्रो रहेन् ।

सुरुआतमा फान्सका राष्ट्रपति इम्मनुएल म्याक्रोसँग मतभेद देखिएको थियो । एकजुटता दिवसमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले ट्रम्पको विषयमा मजाक उडाएको भिडियो सार्वजनिक भएको छ ।

मजाक गर्ने क्रममा प्रधानमन्त्री ट्रूडोसँग फ्रान्सका राष्ट्रपति म्याक्रो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतका थिए । उनीहरुले ट्रम्पको कुरा काट्दै मज्जाले हासेको भिडियोमा देख्न सकिन्छ ।

बेलायतको बंकिघम प्यालेसमा आयोजना गरिएको भिआईपी रिसेप्सनमा सहभागि हुँदै गर्दा उनीहरुबीचको मजाक ट्विटरमा भाइरल भएको छ ।

यता आफ्नो मजाक उडाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रूडो दोहोरो चरित्र भएको व्यक्ति भन्दै आलोचना गरेका छन् । साथसाथै उनले ट्रूडोलाई राम्रो व्यक्ति भएको भन्दै तारिफ समेत गर्न भ्याए ।

Loading...