visit-nepal

जाडोमा सजिलो तरिकाले तामाको झोल यसरि बनाउनुहोस्

विराटनगर १९ मंसिर । जाडोको समयमा तामाको झोल पिउदा जाडो त्यसै भाग्ने गर्छ । सजिलै तामाको सुप भुलुक्क उमालेपछि केहि समयमा नै खान तयार भइहाल्छ ।
बजारमा सजिलै किन्न पाइने तामाले स्वास्थ्यमा समेत अनेकौं फाइदा पुर्याउने गर्छ । तामा खादा मुखको स्वाद फेरिनुका साथै यो मानव स्वास्थ्यको लागि अचुक औषधि मानिन्छ । बाँसको तामाको झोलले उच्च रक्तचाप, मुटुरोग, कोलेस्ट्रोल बढ्नेजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ ।

बाँसको तामामा कार्बोहाइड्रेट र फलामको मात्रा कम हुने भएकाले मधुमेह, गर्भवती महिला र मोटोपनका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । पेटमा ग्यास बढ़ेर पेट फुल्दा, दुख्दा, झाड़ा(पखला लाग्दा, अल्सर, आन्ध्राका घाउ तथा पेट सम्बन्धि विभिन्न समस्या तथा पिसाब सम्बन्धि सबै समस्याहरूलाई निवारण गर्न मद्दत गर्छ । तामाको झोल पकाउन पनि निकै सजिलो हुन्छ र यसको स्वाद पनि निकै मिठो हुन्छ ।

धेरै समय नलाग्ने, जाडोमा चिसो भगाउने तथा अरु तरकारी नहुदा विकल्प बन्न सक्ने हुदा मानिसहरू तामा खान निकै रुचाउछन् । हरेक घरमा पाक्ने तामाको झोल आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मीठो, छिटो र स्वादिलो बनाएर खानका लागि दिएको बेग्लै तरिका अपनाउन सकिन्छ । तरिका सजिलो पनि रहेको छ ।

तामाको झोल बनाउन चाहिने सामग्री स् बेसार लगाएको तामा, उसिनेर मसिनो गरि मुछिएको आलु, टमाटरको पेस्ट, प्याज, लसुन अधुवाको पेस्ट, स्वाद अनुसार नुन, खुर्सानी, बेसार, जीरा र धनियाको मसला, पड्काउनका लागि मेथी, तेल, धनिया पत्ता, ९फरक स्वादको लागि उसिनेको सेतो बोडी

बनाउने विधि

एउटा भाडामा तेल तताएर मेथी पड्काएर तामा भुटेर निकाल्नु होस् । यसरी सुरुमा तामा भुट्दा अमिलो, मिठो स्वाद आउने गर्छ । त्यसपछि बाकी रहेको तेलमा प्याज हालेर खैरो नहुजेल भुटेपछि टमाटरको पेस्ट, लसुन अदूवाको पेस्ट, अलिकति बेसार, नुन खुर्सानी, तथा धनिया र जिराको मसला राखेर मज्जाले भुट्नु पर्छ ।

टमाटरमा मसला राम्ररी मिसिएपछि आलुलाई उक्त भाडामा राखेर एकछिन पाक्न दिएपछि आफूलाई चाहिने जति पानी राखेर सुप बनाउनुहोस् (आलु संग उसिनेको सेतो बोडी पनि मिसाउन सकिन्छ) ।

४ देखि ५ मिनेटसम्म मज्जाले उमालेर हरियो धनियाको पत्ता मिसाएर तातो, अमिलो तथा पिरो झोललाई भात संग वा सुप मात्रै पिएर आफ्नो जिउलाई न्यानो बनाई रुघाखोकीलाई हटाउन सकिन्छ ।

Loading...