visit-nepal

पत्रपत्रिकामा देश : सगरमाथा राष्ट्रिय निकुञ्ज कब्जा भएकोमा युनेस्कोको गम्भीर चिन्ता

विराटनगर १९ मंसिर । सोलुखुम्बुको नाम्चे बजारपारि कोङ्दे क्षेत्रबाट सर्वाेच्च शिखर सगरमाथामात्र हैन उच्च शिखर ल्होत्से, मकालु, चो यु, ग्याजुङ खाङ, र अमादब्लम सामुन्ने देखिन्छन् ।

यही अनुपम विशेषताले युनेस्कोले सगरमाथा राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदान सूचीमा राखेको थियो । त्यही भ्यु पोइन्टमा व्यापारीले होटल बनाएपछि युनेस्कोले नेपाललाई सोधेको छ – अब सम्पदा सूचिमा के कारणले राख्ने ?

सगरमाथा राष्ट्रिय निकुञ्जमाथि भएको ज्यादतीमाथि संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले अतिक्रमणप्रति चिन्ता व्यक्त गरेको हो । ज्ञानेन्द्रको सक्रिय शासनकालमा सोलुखुम्बुमा युवराज पारसले कोङ्देमा होटेल बनाउन थाले भन्ने हल्ला चलाएर यती एयर समूहले होटेल बनाएको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

राष्ट्रिय निकुञ्जको जग्गापनि आफ्नो नाममा पारेको समाचारमा छ । १० मंसिर २०५८ मा माओवादी हमलामा मारिएका मालपोत अधिकृतको किर्ते हस्तारक्ष गरेर ५० रोपनी जग्गा यती एयरलाइन्सले कब्जा गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको थियो । यती एयरका तत्कालिन सञ्चालक आङछिरिङ शेर्पा र उनका भाइले निकुञ्जको ५० रोपनी जग्गा आफ्नो नाममा सारेर होटेल बनाएका हुन् ।

यस्तै ६ महिना अघि बनेको सरकारी जग्गाको छानबिन गर्न बनेको आयोगले ४४ जिल्लामा ७ हजार रोपनी सरकारी जग्गा व्यक्तिको नाममा भएको फेला पारेको छ । सबै भन्दा बढी सुनसरीको सर्दू जलाधार क्षेत्रमा ५२ बिघा जग्गा अतिक्रमण भएको फेला परेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल यही फागुन मसान्तबाट सकिँदैछ तर कार्यकाल सकिन लागेपनि नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छैन् । महाधिवेशन गर्न नसकेको विशेष कारण देखाएर एक वर्ष कार्यकाल बढाउन पाउने व्यवस्था विधानमा छ ।

देउवा कार्यकाल लम्व्याउने पक्षमा

त्यस अतिरिक्त ६ महिना कार्यकाल बढाउन सकिने सुविधा विधानले दिएको छ । सोही प्रावधानलाई आधार बनाएर सभापति शेरबहादुर देउवा कार्यकाल लम्व्याउने पक्षमा छन् । उनले फागुन २०७७ मा महाधिवेशन गर्ने तयारी गरिरहेका छन् । यो समाचार कान्तिपुरमा छ ।

‘साग छाडेर कतार भासिनुको भित्र कथा, ऋणले थिचिएको तुलसाको परिवार’ शिर्षकमा नागरिक दैनिकमा समाचार छ । तुलसाका बाबु भीमबहादुरले १२ वर्षदेखि मलेसियामा पसिना बगाइरहेका छन् ।

आमा पद्मा मुटु रोगी छिन् । तुलसाका ३ भाईबहिनी छन् । उनको तलब र बाबुको कमाईले घर खर्च पुग्न छोडेपछि ऋण बढ्दै जाँदा जेठी छोरीको दायित्व बुझेर कमाउन साग छोडेरै भएपनि कतार हानिइन् । पूर्वी सुर्खेतको लेकबेसी नगरपालिकास्थित भेरी नदीकिनारमा टायलले छाएको एककोठे उनको घरमा आगो नबलेको एक साता पुगेको छ ।

Loading...