visit-nepal

एउटै खाना धेरै पटक खान मन लागे शरीरमा समस्या

विराटनगर, १८ मंसिर । स्वास्थ्यका रहनका लागि दैनिक विभिन्न प्रकारका पौष्टिक तथा सन्तुलित भोजनको सेवन गर्नु पर्छ । तर, त्यही खानेकुरामा गरिएको सानो लापरवाहीका कारण स्वास्थ्यमा असर गरिरहेको हुन्छ । जानेर वा नजानी हानिकारक नहुने, नदेखिने खानाले समेत स्वास्थ्यलाई नकारात्मक असर गर्न सक्छ । कहिले कहिँ मानिसहरूलाई एउटै प्रकारको खाना पटक पटक खान मन लागिरहेको हुन सक्छ । गर्मिमा भन्दा पनि जाडोमा धेरै भोक लाग्ने गर्छ ।

खाना निकै मिठो भएर भन्दा पनि शरीरमा उत्पन्न भएको विभिन्न रोगहरूका कारण एउटै खाना पटक पटक खान मन लाग्ने हुन्छ । अनुशन्धानहरुका अनुसार हरेक पटक भोक लाग्दा कुनै विशेष चिज पटक पटक खान मन लाग्ने वा हरेक पटक खानाको सोच आउदा पेटले त्यही चिज माग्छ वा सोच्छ भने शरीरमा पोषणको कमी भएको कारणले यस्तो हुने गर्दछ । चिसो चीज खान मन लागेमा शरीरमा आइरनको कमी भएको हुन्छ ।

हरेक पटक भोक लाग्दा चिल्लो, तारेका पिरो,नूनिलो, रेडिमेड जंक फुडहरू बढी खान मन लाग्छ भने यो डिहाइड्रेशनको लक्षण हुन सक्छ । शरीरमा चाहिने पानीको मात्रा नपुग्दा सन्तुलन बिग्रेर पटक पटक एस्तो खानेकुरा खान मनलाग्ने हुन्छ । शरीरमा सन्तुलन नमिलेको खण्डमा जति सुते पनि निन्द्रा पूरा भएको महसुस हुदैन र शरीर अल्छि हुन्छ । पटक पटक भोक लागेको आभास हुदा मुख र घाँटी सुक्छ भने शरीरको ब्लड सुगरको स्थितिमा परिवर्तन आएको भनेर संकेत दिन्छ ।

चक्लेट तथा गुलियो चिज धेरै खान मन लाग्ने हुदा पटक पटक पिसाब लाग्ने समस्या पनि सुरु हुन सक्छ । दिनमा ५ देखि ६ वा त्यो भन्दा धेरै भोक लागेमा टाउको दुख्ने, माइग्रेनको समस्या, खाना अपच भएर कब्जियत, झाडापखाला तथा पेट सम्बन्धि रोग निम्तिन सक्छ । खानेकुरामा प्रशस्त मात्रामा प्रोटीन, आयरन, मौसमी फलफुल, सागसब्जी, झोलिलो पदार्थहरूलाई समावेश गर्न आवश्यक हुन्छ । साथै जंक फुडहरूलाई त्याग्नु नै स्वास्थ्यका लागि उचित देखिन्छ ।

Loading...