visit-nepal

पोस्टर सार्वजनिक गर्दै सविनको ‘सुर्य किरण’ को प्रदर्शन मिति घोषणा

विराटनगर, १८ मंसिर । अभिनेता सविन श्रेष्ठ अभिनित नयाँ फिल्म ‘सूर्य किरण’को प्रदर्शन मिति घोषणा भएको छ । यही मंसिर २७ गतेबाट प्रदर्शनमा आउने भएको फिल्मको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको घोषणा गरेको हो । सार्वजनिक गरिएको पोस्टरमा फिल्मका सबै मुख्य कलाकारहरूलाई स्थान दिइएको छ ।

अमिर दोङको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा अभिनेता सविनका साथ मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री केकी अधिकारी र निर्देशक अमिर अतिथी भूमिकामा रहेका छन् । तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लि.को ब्यानरमा रहेर अमृत चेपाङले फिल्मको निर्माण गरेका हुन् ।

ऋतुराज पाख्रिन कथा तथा पटकथामा तयार भएको फिल्ममा अर्जुन थापाको सम्पादन रहेको छ भने फिल्मलाई अभिषेक माझी तथा विक्रम मोक्तानले छायांकन गरेका हुन् । विशाल काल्ताङ र जोगलाल लामाको संगीत रहेको फिल्मको गीतमा दीपक तामाङ र अजय स्याङतानको नृत्य निर्देशन तथा राजु दोङ तामाङको द्वन्द्व रहेको छ । फिल्म ‘अन्दाज’ बाट डेब्यू गरेका सविनले आफूलाई एक्सन अभिनेताको रुपमा चिनाउन सफल भए पनि राम्रो माग भएको बेला संख्यात्मक अभिनयमा जोड दिँदा कुनैले बक्सअफिसमा सफल नभए पछि उनले छोटो समयमै आफ्नो लोभलाग्दो क्रेज गुमाएका हुन् ।

Loading...