ससुरालीको लामखुट्टेले टोकेर डेंगु भएको भन्दै श्रीमती र सालीलाई हाने गोली

विराटनगर, १८ मंसिर । एक भारतीय सेनाका जवान विष्णु शर्माले गुडिरहेको कारभित्र आफ्नी श्रीमती र सालीलाई गोली हानी हत्या गरि आफैंलाई पनि गोली हानेर आत्महत्या गरेको खबर सार्वजनिक भएको छ । गत आइतबार भएको उक्त घटनामा जानकारीका अनुसार विष्णुलाई ससुरालीमा बसेका बेलामा लामखुट्टेले टोकेको र उनलाई डेंगु लागेको हुनसक्ने शंका भएपछि कारभित्र चर्चा गर्ने क्रममा श्रीमती र उनकी सालीले विरोध गरेका थिए ।

त्यसपछि, उनीहरूको कुरा सुनेर विष्णुलाई रिस उठेको कारणले गुडिरहेको कारभित्रै दुबैजनालाई गोली हानेको खबर आजतकमा उल्लेख गरिएको छ । सालीको विवाहका लागि ससुराली गएका विष्णुले त्यति नै बेला डेंगु भएको कारण मानसिक स्थिती बिग्रिए पछि परिवारका सदस्यले उनलाई पटना एम्समा उपचारका लागि लैजानै बेला उक्त घटना भएको हो ।

कार चलाइरहेका मिथलेश ठाकुरका अनुसार गाडीभित्र विष्णुले ससुरालीको लामखुट्टेले टोकेका कारण डेंगु भएको बताएपछि उनकी श्रीमती र सालीले गरेको विरोधको कुरामा रिसाएर आफ्नो लाइसेन्सयुक्त बन्दुकबाट गोली चलाउन सुरु गरेका थिए । विष्णु सुरुदेखि नै मानसिक रुपमा उग्र रहेका थिए जसका कारण पुलिससँग वा अन्य व्यक्तिसँग झगडा गरिरहेको उनी थुप्रै पटक जेलसमेत जानु परेको थियो ।

विष्णुको मानसिक रोगका कारण परिवारलाई तनाव भएपछि उपचारका लागि पटना लैजाने क्रममा सुरुमा आफ्नी साली डिम्पल र त्यसपछि श्रीमती दमिनीलाई गोली हाने पछि आफूमाथि पनि गोली चलाएर आत्महत्या गरेका थिए। मिथलेशले अगाडि बसेका उनका दुई सन्तानलाई स्थानीयको सहयोगमा बचाउन सफल भएका हुन् ।

Loading...