साग : खो खोमा नेपाललाई रजत

काठमाडौं, १८ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत खो खोमा नेपाली महिला टोलीले रजत पदक हात पारेको छ । बुधबार भएको खेलमा भारती टोलीसँग पराजित भएपनि नेपालले रजतमा चित्त बुझाउनु परेको हो ।

कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७–५ ले पराजित हुँदै रजत पदक जितेको हो । नेपाल पहिलो इनिङमा १६–३ ले पछि परेको थियो । महिला खो खोमा नेपालले जितेको सबैभन्दा ठूलो पदक नै यही हो ।

लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा नेपाल समूह एको विजेताका रुपमा फाइनलमा पुगेको थियो । नेपालले श्रीलङ्कालाई पराजित गर्दै फाइनमा पुगेको हो । सोही स्पर्धामा बङ्गलादेशले कास्य पदक जित्यो । त्यस्तै पुरुषतर्फको खो खोमा भने नेपालले कास्य पदक जितेको छ ।

Loading...