अक्षय कुमारले फिल्म निर्माण गर्दै, ‘दुर्गावती’मा भूमिको मुख्य भूमिका

विराटनगर, १८ मंसिर । बलिउडका चर्चित अभिनेता अक्षय कुमारले फिल्म निर्माण गर्न लागेका छन् । अक्षयको सह निर्माणमा फिल्म ‘दुर्गावती’ बन्ने भएको छ । फिल्मको हालै मात्र घोषणा गरिएको छ । अक्षयले आफ्नो औपचारिक सामाजिक संजालमार्फत आफुले फिल्म निर्माण गर्न लागेको जानकारी दिएका छन् । ‘दुर्गावती’मा अक्षय र निर्माता भुषण कुमारको लगानी रहने भएको छ ।

बलिउडमा पछिल्लो समय अभिनेतालाई भन्दा पनि अभिनेत्रीलाई केन्द्रिय भूमिकामा राखेर फिल्म निर्माण गर्ने चलननै चलिआएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेत्री भूमी पेन्डेकर अनुबन्धित भएकी छिन् । डरलाग्दो थ्रीलर कथामा आधारित रहेर निर्माण हुन लागेको फिल्मको छायांकन सन् २०२० को जनवरीबाट सुरु हुने बताइएको छ । फिल्मलाई असोक जीले निर्देशन गर्दैछन् ।

अक्षय अहिले आफ्नो नयाँ फिल्म ‘ गुड निउज’ र भुमि आफ्नो नयाँ फिल्म ‘पति पत्नी और वोह’ मा ब्यस्त छन् । यी दुईले ‘टोइलेट : एक प्रेम कथा ‘मा एकसाथ काम गरिसकेका छन् ।

Loading...