visit-nepal

२०१९ मा बढी खोजिए सलमान खान र सन्नी लियोनी

विराटनगर, १८ मंसिर । बलिउडमा सबैभन्दा धेरै खोजिने सेलिब्रेटीमा दुई चर्चित कलाकारहरू परेका छन् । सन् २०१९ मा बलिउडमा धेरै बढी खोजिने सेलीब्रेटीमा बलिउडका चर्चित अभिनेता सलमान खान र अभिनेत्री सन्नी लियोनी परेका हुन् ।

‘याहु इण्डिया’ले सार्वजनिक गरेको ‘इयर इन रिभ्यु २०१९’ सूचीमा पुरुषतर्फ पहिलो नम्बरमा सलमान र महिलामा सन्नी परेका हुन् । सार्वजनिक गरिएको सूचीमा पुरुषतर्फ बढि खोजिनेमा सलमानपछि बलिउडमा बढी खोजिनेमा दोस्रो नम्बरमा अभिनेता अमिताभ बच्चन र तेस्रो नम्बरमा अक्षय कुमार परेका छन् ।

त्यस्तै, महिलातर्फ बढी खोजिनेमा सन्नीपछि दोस्रो नम्बरमा प्रियंका चोपडा र तेस्रो नम्बरमा दीपिका पादुकोण परेकी छन् । उक्त सुचीमा इन्टरनेटमा सर्च गरिएका आधारमा अभिनेता आमिर खान अभिनित फिल्म दङ्गलसले २ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको भन्दै यो दशककै सबैभन्दा ठूलो ब्लकबस्टर भनिएको छ ।

त्यस्तै, बलिउड अभिनेता ऋतिक रोशनलाई सन् २०१९ को पुरुष स्टाइल आइकन र नव अभिनेत्री सारा अलि खानलाई महिला स्टाइल आइकनमा परेका छन् ।

Loading...