visit-nepal

जाडोमा दही खानुका छन् अनेकौं फाइदा

विराटनगर, १८ मंसिर । जाडोको मौसम सुरु भइसकेको छ । जाडोको समयमा मानिसहरू छिट्टै बिरामी पर्ने डरले अमिलो तथा चिसो खानेकुराहरू खाने गर्दैनन् । तर, गर्मीको मौसम होस् या जाडोको मौसम दहीको सेवनले स्वास्थ्यमा निकै फाइदा पुर्‍याउने गर्छ ।

दहीमा भिटामिन बी, बी १२, क्याल्सियम, म्याग्नेसियम, पोटासियमजस्ता तत्वहरू पाउनुका साथै शरीरको तापक्रमलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । दहीमा पाइने लैक्टोबैसिलस नामक राम्रो ब्याक्टेरियाले शरीरमा भएको नराम्रो ब्याक्टेरियालाई नस्ट गरि जाडो मौसममा लाग्ने रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउन मद्दत पुर्‍याउँछ ।

जाडो मौसममा दही खाँदा चिसो हुने भएको कारणले डाक्टरहरूले बेलुकीको समयमा भन्दा पनि दिउँसो घाममा बसेर सेवन गर्ने सल्लाह दिँदै आएका छन् । दहीको सेवनले इम्यून सिस्टमलाई दह्रो बनाएर रोगप्रतिरोघत्मक क्षमताको विकास गरी शरीरमा विभिन्न रोग लाग्नबाट बचाउने गर्छ । दही खानाले पाचन प्रक्रियामा सुधार आएर आन्द्रा र पेटसम्बन्धी रोगहरूबाट छुट्कारा मिल्छ । दहीमा प्रशस्त मात्रामा क्याल्सियम पाइने हुँदा हड्डी, दाँत, तथा नङलाई पनि बलियो बनाउन मद्दत गर्छ ।

दहीले एसिडिटी हटाएर भोक जगाउँछ । दहीमा पाइने फोस्फोरस र भिटामिन ‘डी’ले ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकारविरुद्ध लड्न मद्दत गर्छ । शरीरमा भएको खराब कोलेस्टेरोलरको मात्रा घटाएर उच्च रक्तचाप र मुटुसम्बन्धी रोगलाई हटाउँछ । निद्रा नलाग्ने समस्या भएकाहरूले खाना खाएपछि दैनिक एक कचौरा दहीको सेवनले राम्रो निन्द्रा लगाउने गर्छ ।

Loading...